कृषि बाली तथा पशु बीमाको प्रिमियम अनुदान ८० प्रतिशत पुग्यो

‘कृषि बाली तथा पशु बीमाको प्रिमियममा साबिकको ५० प्रतिशत रहेको अनुदानलाई वृद्धि गरेर ८० प्रतिशत पु¥याएको छु,’ अर्थमन्त्री शर्माले भने । बीमाको दायरा पनि विस्तार गरिने प्रतिस्थापन बजेटमा उल्लेख छ ।कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्यूनीकरण गर्न र यस क्षेत्रमा किसानहरूको आकर्षण वृद्धि गर्न भन्दै सरकारले बीमामा अनुदान दिँदै आएको छ ।





