नेपालगञ्ज वडा नं. १८ मा तीव्र गतिमा विकास निर्माणको काम हुदै

गौरीशङ्कर टोलमा २५ लाखको सडक तथा नाला निर्माणको शिलान्यास

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ मा विकास निर्माणका कार्यहरू तीव्र गतिमा अगाडि बढिरहेका छन् । सोही क्रममा आज शनिबार गौरीशङ्कर टोलमा २५ लाखको लागतमा आरसीसी नालासहित सडक निर्माण योजनाको शिलान्यास गरिएको छ ।

वडा अध्यक्ष दीपक कुमार वर्माको पहलमा सञ्चालन हुन लागेको उक्त योजनाले स्थानीयवासीलाई सहज आवागमन तथा वर्षायाममा हुने जलनिकास समस्याको समाधान गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

निर्माण कार्य सुरु भएसँगै स्थानीय टोलवासीहरू उत्साहित र खुसी देखिएका छन्। वर्षौंदेखिको सडक तथा नाला समस्याको समाधान हुने विश्वास उनीहरूले व्यक्त गरेका छन्।

वडा अध्यक्ष वर्माले निर्वाचनका क्रममा जनतासामु गरेका प्रतिबद्धताहरूलाई व्यवहारमा उतार्दै नयाँ तथा पिछडिएका बस्तीहरूमा समेत विकास निर्माणका कार्यहरूलाई प्राथमिकता दिँदै आउनुभएको छ। उहाँको नेतृत्वमा सडक, नाला, शिक्षा, स्वास्थ्य, गरिब तथा विपन्न बस्तीका लागि शौचालय निर्माण, ढल व्यवस्थापन, टिन वितरणलगायत विभिन्न लक्षित तथा सीपमूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

वडा नं. १८ मा पूर्वाधार विकाससँगै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा समेत उल्लेखनीय काम भइरहेको स्थानीयवासीहरूको भनाइ छ। निर्धारित समयभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित योजना कार्यान्वयन अगाडि बढाइएको वडा कार्यालयले जनाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button