मोहर्रमको आठौँ दिन नेपालगन्जमा हुसैनी जुलुस सम्पन्न

आठौँ दिन अब्बास अलमदार (रजि.) को सम्झनामा विविध कार्यक्रम

नेपालगन्ज । मोहर्रमुल हरामको आठौँ दिन नेपालगन्जमा हजरत अब्बास नेपालगन्जका विभिन्न वडाबाट निस्किएको जुलुस नगरका प्रमुख मार्गहरूको परिक्रमा गर्दै निर्धारित स्थलमा पुगेर सम्पन्न भएको छ ।

जुलुसमा सहभागी श्रद्धालुहरूले कर्बलाको महान सन्देशलाई स्मरण गर्दै हजरत इमाम हुसैन (रजि.) र उहाँका वफादार साथीहरूको बलिदानप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।अलमदार रज़ियल्लाहु तआला अन्हुको यादमा परम्परागत हुसैनी जुलुस श्रद्धा, सम्मान र धार्मिक आस्थाका साथ सम्पन्न भएको छ।

नेपालगन्जका विभिन्न वडाबाट निस्किएको जुलुस नगरका प्रमुख मार्गहरूको परिक्रमा गर्दै निर्धारित स्थलमा पुगेर सम्पन्न भएको थियो। जुलुसमा सहभागी श्रद्धालुहरूले कर्बलाको महान सन्देशलाई स्मरण गर्दै हजरत इमाम हुसैन (रजि.) र उहाँका वफादार साथीहरूको बलिदानप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

इस्लामी इतिहास अनुसार हजरत अब्बास अलमदार (रजि.) कर्बलाको मैदानमा इमाम हुसैन (रजि.) का झण्डावाहक तथा अत्यन्त निष्ठावान सहयोद्धा हुनुहुन्थ्यो। फरात नदीबाट प्यासले व्याकुल बालबालिकाका लागि पानी ल्याउने क्रममा उहाँले अद्वितीय साहस र वफादारीको परिचय दिँदै शहादत प्राप्त गर्नुभएको थियो।

जुलुसका क्रममा वक्ताहरूले हजरत अब्बास (रजि.) को बहादुरी, वफादारी, त्याग र मानवताप्रतिको समर्पण आज पनि सम्पूर्ण मानव समाजका लागि प्रेरणाको स्रोत रहेको बताएका थिए। सहभागीहरूले कर्बलाको घटनाले सत्य, न्याय र धर्मका लागि संघर्ष गर्न सिकाउने सन्देश दिएको उल्लेख गरेका थिए।

कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय प्रशासनको विशेष सुरक्षा व्यवस्था रहेको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button