नेपालगन्जमा ब्राउन सुगर सहित दुई जना पक्राउ

मेराज सल्मानी
नेपालगन्ज। प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं सुचना अधिकारी डिएसपी प्रतीत सिंह राठौरका अनुसार नेपालगन्ज उपमहानगरपालिका–११ स्थित लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ, जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रूपमा गुडिरहेको बा.१७ च १४२२ नम्बरको टाटा कम्पनीको कार रोकी जाँच गरेको थियो।

जाँचका क्रममा कारमा सवार दाङ जिल्लाको लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मधु सुदन पुलामीको साथबाट शुद्ध तौल ४८ ग्राम ७० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारेको डिएसपी राठौरले बताएको ।घटनामा संलग्न रहेको आरोपमा पुलामीसँगै कारमा सवार २८ वर्षीय निश्चल के.सी. लाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले बा.१७ च १४२२ नम्बरको टाटा कम्पनीको कार, दुई थान आईफोन–१३ प्रो म्याक्स मोबाइल र बरामद लागूऔषध नियन्त्रणमा लिएको जनाएको छ।पक्राउ परेका दुवै जनामाथी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धानभइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button