नेपालगन्ज जान्छु भन्दै निस्किएका भारतीय युवक एक महिनादेखि बेपत्ता

मेराज सल्मानी
नेपालगन्ज। भारतको उत्तर प्रदेशस्थित नानपारा नगरपालिका–मिरयासी टोल निवासी अफसार अहमद करिब एक महिनादेखि बेपत्ता भएका छन्उ।
नका बुवा निसार अहमदका अनुसार अफसार घरबाट “नेपालगन्ज जान्छु” भन्दै निस्किएका थिए।
त्यसयता उनी परिवारको सम्पर्कमा नआएको र हालसम्म उनको अवस्था तथा स्थानबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
परिवारले आफन्त, साथीभाइ तथा सर्वसाधारणसँग अफसारको खोजी कार्यमा सहयोग गरिदिन अनुरोध गरेको छ।
अफसारबारे कुनै जानकारी भएमा 0097317048990 नम्बरमा सम्पर्क गरी सूचना उपलब्ध गराइदिन उनका बुवा निसार अहमदले आग्रह गरेका छन्।





