जिल्ला प्रशासन कार्यालय बाँकेमा निशुल्क सहायता कक्ष स्थापना

मेराज सल्मानी

नेपालगन्ज। सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाँकेले निशुल्क सहायता कक्ष स्थापना गरेको छ।जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ ले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको जानकारी दिए। उनका अनुसार सहायता कक्षबाट निवेदन लेख्ने, फोटोकपी गर्ने लगायतका आवश्यक सेवाहरू निःशुल्क उपलब्ध गराइनेछ।

प्रमुख जिल्ला अधिकारी तामाङले सहायता कक्ष सञ्चालनसँगै सेवाग्राहीले अनावश्यक सास्ती र अतिरिक्त खर्च व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे। साथै, कार्यालयमा आउने नागरिकलाई आवश्यक जानकारी, परामर्श तथा सहजीकरणसमेत सहायता कक्षमार्फत प्रदान गरिने जनाइएको छ।

जिल्ला प्रशासन कार्यालयको यो पहलले सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र नागरिकमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button