नेपालगञ्जमा संगठित मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ

मेराज सल्मानी
नेपालगञ्ज। प्रहरीले संगठित रूपमा मोटरसाइकल चोरी गर्ने गिरोहका पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट चोरी भएका दुई वटा मोटरसाइकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१० स्थित ट्राफिक चोक नजिक पार्किङ गरी राखिएको भे ११ प ६८२७ नम्बरको होण्डा साइन मोटरसाइकल चोरी भएको भन्ने सूचनापछि अनुसन्धान सुरु गरिएको थियो।

अनुसन्धानका क्रममा चोरी भएको मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी चलाइरहेको अवस्थामा इन्द्र प्रसाद थारु र सन्जु रेश्मी मगरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि थप अनुसन्धान गर्दा मोटरसाइकल चोरीमा डुडुवा गाउँपालिका–४ निवासी २२ वर्षीय समिर बागवानको संलग्नता खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार समिर बागवानले चोरी गरेको मोटरसाइकल नेपालगञ्ज–१८ स्थित जे.के. स्टिकर हाउसमा लगेर नम्बर प्लेट परिवर्तन गराएको खुलेको छ। साथै सीसीटीभी फुटेज तथा अन्य प्राविधिक विश्लेषणबाट उनी अन्य मोटरसाइकल चोरीका घटनामा समेत संलग्न रहेको देखिएको प्रहरीको दाबी छ।

थप अनुसन्धानका क्रममा प्रहरीले चोरी गरी बिक्री गरिएको अर्को भे ७ प ७३७८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल समेत खरिदकर्तासहित बरामद गरेको छ।

पक्राउ पर्नेहरू
समिर बागवान (२२), डुडुवा गाउँपालिका–४, बाँके
इन्द्र प्रसाद थारु (२३), कोहलपुर नगरपालिका–७, बाँके
सन्जु रेश्मी मगर (२०), नेपालगञ्ज उपमहानगरपालिका–२०, बाँके

जाकिर हुसेन कवडिया (२०), सञ्चालक, जे.के. स्टिकर हाउस, नेपालगञ्ज–१८

सैमुद खाँ (२६), डुडुवा गाउँपालिका–३, बाँके
बरामद सामान
भे ११ प ६८२७ नम्बरको होण्डा साइन मोटरसाइकल
भे ७ प ७३७८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको बताएका छन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button