आजदेखि प्रहरी वरिष्ठ नायब निरीक्षक मोहम्मद तकि खाँ को अनिवार्य अवकाश

मेराज सल्मानी

नेपालगञ्ज। नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकाशमा जानुभएका प्रहरी वरिष्ठ नायब निरीक्षक मोहम्मद तकि खाँलाई एक कार्यक्रमका बीच सम्मानपूर्वक बिदाइ गरिएको छ।वडा प्रहरी कार्यालय नेपालगञ्जमा आयोजित बिदाइ कार्यक्रममा कार्यालय प्रमुख प्रहरी निरीक्षक शेखर खड्काले मायाको चिनो तथा प्रशंसापत्र प्रदान गर्दै खाँले आफ्नो सेवाकालमा देखाएको समर्पण, अनुशासन र नेपाल प्रहरीप्रतिको योगदानको उच्च प्रशंसा गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी निरीक्षक खड्काले अवकाशपछिको जीवन सुखद, स्वस्थ र समृद्ध रहोस् भन्ने शुभकामना व्यक्त गर्दै राष्ट्र र प्रहरी संगठनप्रति उहाँले पुर्‍याएको योगदान सधैं स्मरणीय रहने बताए।

बिदाइ कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ नायब निरीक्षक मोहम्मद तकि खाँले वर्दीबाट बिदाइ भए पनि राष्ट्रसेवाप्रतिको सम्मान, जिम्मेवारी र समर्पण सधैं कायम रहने उल्लेख गर्दै सम्पूर्ण सहकर्मीप्रति आभार व्यक्त गरेका छन्।कार्यक्रममा वडा प्रहरी कार्यालयका प्रहरी अधिकृत तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button