लागूऔषध (ब्राउन सुगर) सहित तीन जना पक्राउ

मेराज सल्मानी

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार कोहलपुर नगरपालिका–९ झण्डहवा बस्ने वर्ष ४२ का मोहम्मद असिमलाई पक्राउ गरिएको हो। उनको साथबाट २ ग्राम ७४० मिलिग्राम ब्राउन सुगर र नगद रु. ५१ हजार १ सय ५० बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त घटनामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

यसैगरी, सोही दिन कोहलपुर नगरपालिका–९ पिपरी क्षेत्रबाट कोहलपुर–९ बस्ने समिर थारु र ए.जे. बस्ने विशाल सुनारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट ९२० मिलिग्राम ब्राउन सुगर तथा नगद रु. ६ हजार ९ सय ३५ बरामद भएको बताइएको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत बाँकेबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रवक्ता एव सूचना अधिकारी प्रहरी निरीक्षक रमेश बिष्टले जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button