वडा कार्यालयको सिस्टम अवरुद्ध हुँदा सेवाग्राही मर्कामा

मेराज सल्मानी

नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयमा करिब एक सातादेखि सर्भर (सिस्टम) नचल्दा दैनिक प्रशासनिक सेवा प्रभावित भएको छ।प्रणाली अवरुद्ध भएपछि नागरिकता सिफारिस, जन्मदर्ता, बसाइँसराइ तथा अन्य अत्यावश्यक सिफारिससम्बन्धी काम रोकिँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ।

स्थानीयवासी रमेश केसी ले सामान्य कामका लागि पनि पटक–पटक वडा कार्यालय धाउनुपर्ने अवस्था सिर्जना भएको छ। सेवा लिन टाढाबाट आएका नागरिकहरू काम नहुँदा निराश भएर फर्किन बाध्य भएको बताए ।

सेवाग्राहीहरूले सम्बन्धित निकायले समस्या तत्काल समाधान गरी नियमित सेवा सञ्चालन गर्न माग गरेका छन्। वडा कार्यालयको प्रणाली लामो समयसम्म अवरुद्ध रहँदा सार्वजनिक सेवा प्रवाहमा गम्भीर असर परेको भन्दै नागरिकले शीघ्र समाधानको अपेक्षा गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button