ब्राउन सुगरसहित दुई युवक पक्राउ
मेराज सल्मानी
नेपालगञ्ज। बाँके प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगर पालिका वडा नं.१० मा शंकास्पद रूपमा हिँडिरहेका कोहलपुर नगरपालिका–१३ का २८ वर्षीय रघु थारु र २८ वर्षीय दिपेश दमाईलाई चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूको साथबाट शुद्ध तौल ४ ग्राम ३७० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लागूऔषध बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा सम्मानित बाँके जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।





