मंगल प्रसाद शास्त्रीको १२१ औं जन्म-ज्यन्तीका अवसरमा उत्कृष्ट एसईई विद्यार्थीहरूलाई सम्मान
नेपालगञ्ज । नेपालगञ्जको मङ्गलप्रसाद नामुना माध्यमिक विद्यालयमा सोमबार हर्षोल्लासका १२१ औं मङ्गलप्रसाद शास्त्री जन्मजयन्ती तथा एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मानसहितको भब्य कार्यक्रम गरिएको छ। विद्यालयका संस्थापक एव प्रधानाध्यापक शास्त्रीको स्मरण र सम्मान स्वरुप विद्यालयले प्रथम पटक जन्म जयन्तीको कार्यक्रम गरेको हो ।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा विद्यालय परिसरमा स्थापित शास्त्रीको अर्धकदको शालिकमा माल्यार्पण गरियो। नगर प्रमुख, बिशिस्ट शैक्षिक ब्याक्तीत्व, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीय अगुवाहरूले सामूहिक रूपमा शालिकमा फूलमाला चढाएर श्रद्धाञ्जलि व्यक्त गरे। १९६२ जेठ ११ गते जन्मिनु भएका शास्त्रीले आफ्नै घरबाट स्कुल स्थापना गरेका थिए ।
मङ्गलप्रसाद नामुना माध्यमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जयकेश सिंहको अध्यक्षता सप्पन्न कार्यक्रममा शैक्षिक अगुवा शास्त्रीको शैक्षिक र सामाजिक योगदान बारे विविध कोणबाट चर्चा गरियो । एसइ २०८२ मा उल्लेखनीय सफलता हासिल गर्ने विद्यार्थीहरूलाई विशेष सम्मानपत्र र पुरस्कार प्रदान गरियो। उक्त विद्यालयबाट यसपाली एसइमा एक जना फोर जिपिए सहित १५३ जना उतिर्ण भएका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले मंगल प्रसाद शास्त्रीको शिक्षाप्रतिको लगानी र समर्पणलाई अनुशरण गर्नु पर्ने आवस्यकता औल्याउँनु भयो । कार्यक्रममा पुर्ब मन्त्री गजेन्द्र हमाल, पुर्ब नगरप्रमुख विजय गुप्ताले शास्त्रीको ब्याक्तीत्व र योगदान बारे चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा प्रधानाध्यापक सन्ध्या गुप्ताले विद्यालयको समग्र अवस्था, प्रगति र चुनौतीका विषयमा बोल्नु भयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जयकेश सिंहले विद्यालयको अध्यापनसंगै भौतिक पुर्वाधार र अनुशासनलाई जोड दिइएको बताउनु भयो। विद्यालयको सुनौलो इतिहासलाई जिवन्त राख्ने प्रयासमा सबैको हातेमालो आवस्यक रहेको उहाँले उल्लेख गर्नु भयो । सह प्रधानाध्यापक भरतमणि शर्माद्वारा स्वागत गरिएको कार्यक्रममा स्थानीय राजनीतिकर्मी, शिक्षाविद्, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति थियो।
यो कार्यक्रमले विद्यालयलाई मात्र होइन, समग्र नेपालगञ्ज क्षेत्रको शैक्षिक उन्नतिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
नेपालगञ्ज । २०८३ जेठ १२ — नेपालगञ्जको मङ्गलप्रसाद नामुना माध्यमिक विद्यालयमा सोमबार हर्षोल्लासका १२१ औं मङ्गलप्रसाद शास्त्री जन्म जयन्ती तथा एसइ परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मानसहितको भब्य कार्यक्रम गरिएको छ।
विद्यालयका संस्थापक एव प्रधानाध्यापक शास्त्रीको स्मरण र सम्मान स्वरुप विद्यालयले प्रथम पटक जन्म जयन्तीको कार्यक्रम गरेको हो ।