बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसी तेस्रो पटक पुरस्कृत
मेराज सल्मानी
नेपालगञ्ज। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा प्रदान गरिने उत्कृष्ट अनुसन्धान पुरस्कार–२०८३ बाट सम्मानित भएका छन्।
लुम्बिनी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८३ को अवसरमा प्रदान गरिएको उक्त पुरस्कारले अपराध अनुसन्धान तथा शान्ति सुरक्षाको क्षेत्रमा एसपी जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले गरेको प्रभावकारी कार्यसम्पादनको उच्च मूल्यांकन गरेको जनाइएको छ।
पुरस्कार ग्रहणपछि बाँकेवासी तथा विभिन्न सामाजिक क्षेत्रका व्यक्तिहरूले एसपी जिसी र जिल्ला प्रहरी कार्यालय बाँकेको सम्पूर्ण प्रहरी टोलीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनीहरूले आगामी दिनमा पनि यस्तै व्यावसायिकता, निष्पक्षता र प्रभावकारी अनुसन्धानमार्फत नागरिकको विश्वास अझ मजबुत बनाउने अपेक्षा व्यक्त गरेका छन्।
यस सम्मानले बाँके प्रहरीको कार्यसम्पादनलाई थप प्रेरणा मिल्नुका साथै अपराध नियन्त्रण र अनुसन्धानमा अझ प्रभावकारी रूपमा अघि बढ्न उत्साह प्रदान गर्ने विश्वास गरिएको छ।





