आलु खेती प्रबिधी र रोग किरा ब्यबस्थापन

परिचय:
धान, गहु अनी मकै पछीको प्रमुख बालिमा पर्दछ आलु।आलु उत्पादकत्वमा पहिलो स्थानमा र छेत्रफलको आधारमा चौथौ स्थानमा पर्दछ। यसले १९७२३४ हेक्टर छेत्रफल ओगटेको छ अनी कुल उत्पादन चाँही २६९०४२१ मेट्रिक टन रहेको छ काभ्रे, बारा, झापा, सोलुखुम्बु, इलाम, खोटाङ, कैलाली, बर्दिया, भोजपुर, मकवानपुर, नुवाकोट, रुपन्देही, नवलपरासी आदी जिल्लामा बिशेष गरी आलु खेती गरिएको पाईन्छ। आलुको प्रयोगले रक्तचाप,रक्तअल्पता,ग्यास्ट्रिकमा फाईदा पुर्याउदछ। यसमा स्टार्च, प्रोटिन,फ्याट,खनिज र कार्बोहाइड्रेट पाईन्छ ।उत्पत्ती ःआलु दक्षिण अमेरिकाको रैथाने हो र यो पहिले देखिनै इन्कासमा खेती गरिन्थ्यो। पछी १६औ सताब्दिमा स्पेनिश खोजकर्ताले यूरोपसम्म पुर्याएका थिए। (थोम्प्सन र केल्ली १९५७ )नेपालमा प्रचलित केही जातस् ज्ञ) कुफ्री ज्योति ःयो जातको आलु मध्यम वर्गिय जात (११०(१२० दिन) अन्तर्गत पर्दछ। यो जातको आलु डडुवा प्रतिरोधी हुन्छ। यसको फल ठुलो, हल्का गोलाकार अनी फलको बोक्रा सेतो रङको हुन्छ। यसको कुल उत्पादन २०(२५ टन प्रती हेक्टर रहेको छ।द्द) कुफ्री सिन्धुरी ः यो पछौटे जात (११०(१३० दिन)अन्तर्गत पर्दछ। यसको फल मध्यम खालको अनी गोलाकार हुनुको साथै बोक्रा रातो रङको हुन्छ। यसको कुल उत्पादन २५(३० टनप्रती हेक्टर रहेको छ।घ) डेजिरे ःयो अगौटे जात(७०(९० दिन ) अन्तर्गत पर्दछ। यो जात डडुवा रोगको बढी प्रकोपमा पर्दछ। यसको पनि मध्यम खालको गोलाकार फल हुनुको साथै बोक्रा रातो हुन्छ।द्ध) जनकदेव ःयो तराइ, पहाड र हिमालमा खेती गरिने मध्यम वर्गिय (१००(१२० दिन ) जात हो। यसको फल ठुलो सानो दुबै हुने र बोक्रा रातो हुने गर्दछ। २३ टनप्रती हेक्टर यसको उत्पादन रहेको छ।छ) खुमल सेतो १ ः यो मध्यम वर्गिय जात (१००(१२० दिन) अन्तर्गत पर्दछ। यसको फल गोलो, ठुलो, सानो अनी बोक्रा सेतो हुन्छ। कुल उत्पादन २५ टन प्रती हेक्टर रहेको छ।ट) खुमल रातो २ यो मध्यम वर्गिय(१००(१२० दिने) जात हो। यसको फल मध्यम खालको हुन्छ जसमा हल्का रातो बोक्रा हुन्छ। यो जातले २०(२५ टन प्रती हेक्टर उत्पादन दिन्छ।ठ) कुफ्री बाहारयो मध्यम वर्गिय, ठुलो खालको गोलो अनी हल्का सेतो बोक्रा भएको फल हुने जात हो जुन प्रायस् रोगहरुबाट सजिलै ग्रसित हुन्छ।यो तराइ, पहाड र हिमालमा खेती गरिने मध्यम वर्गिय (१००(१२० दिन ) जात हो। यसको फल ठुलो सानो दुबै हुने र बोक्रा रातो हुने गर्दछ। २३ टनप्रती हेक्टर यसको उत्पादन रहेको छ।बातावरणआलु जाडो मौसममा लगाइने खेती हो जसले हल्का कुहिरो सहन सक्छ। आलुलाई उम्रनको लागि ८ डिग्री तापमान उपयुक्त मानिछ। अती काम तापक्रमले यस्को बढ्ने क्षेमतामा रास ल्याउदछ। दिनमा ३०–३५ डिग्री अनी रातमा २०–२५ डिग्री आलुको लागि राम्रो मानिन्छ। २९ डिग्री भन्दा बढी रातको तापमनमा आलुको फल लाग्दैन।






