फरार दुई जना प्रतिवादी पक्राउ

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। फरार प्रतिवादीहरूलाई पक्राउ गर्न चलाएकाे अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय बर्दियाले दुवै जना प्रतिवादीलाई पक्राउ गरेको विज्ञप्ती मार्फत जानकारी दिएकाे हाे ।

प्रहरीका अनुसार जिल्ला अदालत बर्दियाको २०८१/९/१ फ़ैसला ले चोरीसम्बन्धी मुद्दामा ६ महिना कैद र रु १० हजार जरिवाना तोकेका गुलरिया नगरपालिका–१२ का ३२ वर्षीय मोहम्मद कलिम खानलाई पक्राउ गरिएको हो। उनी हाल गुलरिया बजारस्थित लुकिछिपी बसेको अवस्थामा फेला परेका थिए।

यस्तै बाल यौन् दुर्व्यवहार मुद्दामा १ महिना १५ दिन कैद, रु ५ सय जरिवाना र रु १० हजार क्षतिपूर्ति तोकिएका बाँसगढी नगरपालिका–१ का ३२ वर्षीय सिताराम थारूलाई समेत प्रहरीले पक्राउ गरेको छ। उनी गुलरिया नगरपालिका–६ स्थित गुलरिया बजारमा लुकिरहेको अवस्थामा फेला परेका हुन्। दुवै जना प्रतिवादीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बर्दियामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button