प्रदर्शनका क्रममा गोली लागेर शहादत प्राप्त गरेका अहसाब आलमको अन्त्येष्टि

वीरगञ्ज । जेन-जी प्रदर्शनका क्रममा काठमाडौँमा प्रहरीको गोली लागेर शहादत प्राप्त गरेका वीरगञ्ज –१२ मुर्ली निवासी अहसाब आलमको आज आफ्नै गाउँमा अन्त्येष्टि गरिएको छ । शनिबार विहान करीब १० बजेतिर मुर्ली पोखरी छेउको स्थानीय कब्रस्तानमा मुस्लिम परम्परा अनुसार आलमको अन्त्येष्टि गरिएको हो ।
मृतक आलमको पार्थिक शरीर अर्थात जनाजामा हजारौँ मानिसहरु उपस्थित भई नमाज–ए जनाजा पछि दुआ–ए मग्फिरत (प्रार्थना) गरेका थिए । उहाँलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न परिवार, नातेगोता, साथीभाई र गाउँले लगायतले दु:ख र संवेदनाले भरिएको वातावरणमा अन्तिम विदाई दिएका थिए ।
यस दुःखद घडीमा अल्लाह पाकले शहीद अहसाब आलमलाई जन्नतुल फिरदौस अता गरुन् र शोक सन्तप्त परिवारलाई सब्र गर्ने ताकत अता गरुन् भन्ने शक्ति मिलोस् भनि गहिरो समवेदना प्रकट गर्दै न्युज फ्ल्यास खबर डटकम परिवार अल्लाहसंग दुआ गर्दछ ।





