दुई हजार बढि बरामद गरिएको गोलीका खोका औद्योगिक क्षेत्रबाट चोरी भएको खुलासा

नेपालगन्ज । चोरी गर्न आएका चोरमध्ये एक भारतीयलाई स्थानीयले नियन्त्रणमा लिएर खानतलासी गर्दा बरामद गरिएको दुईहजार बढी गोलीका खोका औद्योगिक क्षेत्रबाट चोरी भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक पातलीले गोलीका खोका औद्योगिक क्षेत्रबाट चोरिएको खुलासा गरे पनि कुन औद्योगिक क्षेत्र भन्ने खुलेको छैन ।

यो विषयमा प्रहरीले आफ्नो तरिकाले अनुसन्धान गरिरहेको छ, त्यसैले अहिले नै सबै कुरा खोल्न नमिल्ने डिएसपी पातलीले बताए ।

नेपालगन्ज – ३ स्थित एकलैनीमा शुक्रबार राति चोरी गर्ने धम्कीसहितको पर्चा टाँसेर शनिबार राति चोरी गर्न आएका चोरमध्ये एक जना भारतीय नागरिकलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।

नियन्त्रणमा लिएर खानतलासी गर्दा बोरामा दुई हजार ९७ वटा गोलीका खोका र केही औजार भेटिएको वडा नम्बर ३ का वडाअध्यक्ष अय्युब सिद्दिकीले बताएका थिए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button