कारागारबाट फरार सहित चार जना पक्राउ

मेराज सलमानी

बाँके । नौबस्ता कारागारबाट फरार दुई जना कैदी सहित फरार रहेका चार जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । प्रहरीले कारागारबाट फरार २ जना, अदालतले सजाय तोकेको र ज्यान मार्ने  उद्योग मुद्दाका फरार प्रतिवादी गरि चारलाई पक्राउ गरेको हो ।

प्रहरीले गत गत २०८२ भाद्र २४ गते ZEN-Z प्रदर्शनको मौका पारी नौबस्ता कारागारबाट फरार भएका ज्यान मार्ने उद्योग मुद्दाका थुनुवा नेपालगंज उपमहानगरपालिका वडा नम्बर ९ बाँकेगाउँ निवासी २६ वर्षीय हरकेस खटिक र लागुऔषध मुद्दामा ५ वर्ष ६ महिना कैद सजाय तोकिएका मनोज चँदरालाई बाँके खजुरा गाउँपालिका–६ बाट पक्राउ गरी नौबस्ता  कारागारमा बुझाएको छ ।

प्रहरीले ज्यान मर्ने उद्योग मुद्दाका फरार प्रतिवादी डिलबहादुर धामीलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–३ मैटहवाबाट पक्राउ परेका धामी माथि बाँके जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लागुऔषध मुद्दामा संलग्न खजुरा गाउँपालिका–४ डि गाउँ निवासी २० वर्षीया गंगा कुमारी खड्कालाई प्रहरीले पक्राउ गरेको छ। बाँके जिल्ला अदालतले गरेको फैसला अनुसार उनलाई ४ वर्ष ६ महिना कैद र ५ हजार जरिवानाको सजाय तोकिएको थियो।

फरार कैदीहरूलाई पक्राउ गर्ने खोजी अभियान अन्तर्गत पक्राउ परेका कैदी र फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button