बाँकेमा साउण्ड बिगार्ने मोटरसाइकलमाथि ट्राफिक प्रहरीको कारबाही

मेराज सलमानी

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चर्को आवाज निकाल्ने साउण्ड मोडिफाई गर्ने मोटरसाइकलमाथि कारबाही सुरु गरेको छ ।

कार्यालयमा नयाँ प्रमुख प्रहरी निरीक्षक कनक शाही आएपछि ट्राफिक व्यवस्थापनलाई कडाइका साथ लागु गर्ने योजना बनाएर काम अघि बढाइएको हो ।

उक्त योजना अन्तर्गत ट्राफिक प्रहरीले नेपालगञ्ज उपमहानगरका विभिन्न क्षेत्रहरूमा साइलेंसर फेरेर ठूलो आवाज निकाल्ने मोटरसाइकलहरूको चेकजाँच र नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ ।

प्रहरी निरीक्षक शाहीले जनतामा असजिलो नहोस् भन्ने उद्देश्यले सवारीसाधनको आवाज नियन्त्रण अभियान थालेको बताउनुभयो। उहाँले नियम उल्लङ्घन गर्ने जो–कोहीमाथि कानूनी कारबाही गरिने चेतावनी दिनुभयो ।

ट्राफिक प्रहरीका अनुसार अवैध साइलेंसर प्रयोग गरिएका मोटरसाइकल जफत गरी जरिवाना गरिँदै छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button