सुन्दरनगरमा इस्तियाक राईको भेटघाट तथा कोणसभा
मेराज सल्मानी
बाँके । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत चुनावी अभियानलाई तीव्रता दिँदै नेकपा एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राईले आज शनिबार बिहान नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ स्थित जिल्ला प्रहरी कार्यालय पछाडि रहेको सुन्दरनगर टोलमा मतदातासँग भेटघाट तथा कोणसभा कार्यक्रम सम्पन्न गर्नुभएको छ।
कार्यक्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै राईले विगतमा आफूले गरेको विकास कार्यबारे चर्चा गर्दै आगामी दिनमा क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार तथा शान्ति–सुरक्षाको सुदृढीकरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले निर्वाचन क्षेत्र नं. २ लाई विकासको नमुना क्षेत्र बनाउने लक्ष्यसहित आफू पुनः जनतामाझ आएको उल्लेख गर्दै आगामी निर्वाचनमा साथ र सहयोग गर्न मतदातासँग आग्रह गर्नुभयो। कोणसभामा स्थानीय पार्टी नेता–कार्यकर्ता तथा मतदाताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।





