मोहम्मद इश्तियाक राई द्वारा प्युठानी सेवा समाजका पदाधिकारी संग भेटघाट

मेराज सल्मानी
बाँके । चुनावी अभियानलाई तीव्रता दिँदै मोहम्मद इश्तियाक राईले प्युठानी सेवा समाजका पदाधिकारी तथा सदस्यहरूसँग भेटघाट तथा छलफल गर्नुभएको छ।
नेकपा एमाले तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राईले आफ्नो पुर्ख्यौली घर प्युठान भई हाल नेपालगन्जमा बसोबास गर्दै आएका समाजका अग्रज तथा सदस्यहरूसँग समसामयिक राजनीतिक अवस्था, विकास निर्माणका योजना र समुदायका आवश्यकताबारे विचार आदानप्रदान गर्नुभएको हो।
भेटघाटका क्रममा सहभागीहरूले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारका विषयमा आफ्ना सुझाव राखेका थिए।
उम्मेदवार राईले प्राप्त सुझावलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।कार्यक्रममा समाजका पदाधिकारीहरूले आगामी निर्वाचनमा आफ्नो भूमिका र सहयोगबारे पनि छलफल गरेका थिए।





