हलुका सवारी चालक राजेश नकर्मी आज देखि सेवानिवृत
मेराज सल्मानी
नेपालगन्ज । नेपालगन्ज,जिल्ला प्रशासन कार्यालय बाँकेमा लामो समयदेखि कार्यरत हलुका सवारी चालक राजेश नकर्मीलाई आज एक कार्यक्रमका बीच बिदाइ गरिएको छ।
कार्यालयका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले राजेश नकर्मीले यस कार्यालयमा करिब ३० वर्षसम्म इमान्दार, अनुशासित, अनुभवी र दक्ष चालकका रूपमा सेवा पुर्याएको उल्लेख गर्दै अनिवार्य अवकाश प्राप्त गरेकोमा सम्मानसहित बिदाइ गरेका हुन्।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तामाङले नकर्मीको सेवाप्रति कृतज्ञता व्यक्त गर्दै उहाँको सेवानिवृत्त जीवन सुखमय र स्वस्थ रहोस् भन्ने शुभकामना दिएका थिए।
उक्त कार्यक्रममा कार्यालयका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।





