लागू औषध (ब्राउन सुगर) सहित एक जना पक्राउ

मेराज सल्मानी
नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले लागू औषध (ब्राउन सुगर) सहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं सुचना अधिकारी डिएसपी दिपक पातली का अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुर र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा एक युवकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१५, चौधरिया गाउँ बस्ने २७ वर्षीय सोम कुमार थारु रहेका छन्। उनलाई चेकजाँच गर्दा ६ ग्राम १८० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका थारु माथि थप अनुसन्धान भइरहेको जनाएको छ।






