भारतीय नम्बरका सवारी साधनको नेपालमा ‘डे-पास’को दुरुपयोग

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारी साधनहरू नेपालमा प्रवेश ‘डे-पास’को दुरुपयोग तत्काल रोक्न सरकारसँग माग गरेकी छन् । भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेशसम्बन्धी व्यवस्थाको दुरुपयोग भइरहेको भन्दै सांसद डाँगीले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डाँगीले एक दिनको भन्सार ‘डे-पास’ लिएर नेपाल प्रवेश गर्ने र फिर्ता नगइ नेपालमा नै निजी तथा सार्वजनिक रूपमा सञ्चालन भइरहेको बताइन् । उनले भनिन्,’ भारतीय नम्बर प्लेटका सवारी साधनहरू नेपालमा प्रवेश गर्ने जुन व्यवस्था गरिएको छ । हाल त्यसको दुरुपयोग भइरहेको उनको भनाइ छ ।
नियम अनुसार एक दिनको भन्सार ‘डे-पास’ लिएर प्रवेश गरेका सवारीहरू फिर्ता जानुपर्ने हो, तर व्यवहारमा ती सवारीहरू नेपालमा नै निजी तथा सार्वजनिक रूपमा सञ्चालन भइरहेका हुन्छन् । सांसद डाँगीकाले यस्तो समस्या कुनै एक क्षेत्रको मात्र नभई देशभरका सीमा क्षेत्रहरूमा देखिएको छ ।
‘मेरो क्षेत्रमा मात्र होइन, प्रत्येक सीमा क्षेत्रमा भारतीय सवारी साधन नेपाली यातायात व्यवसायीहरू दबाएका अवस्थामा सङ्कट झेल्न बाध्य भएका उनले उल्लेख गरिन् । भारतीय गाडीले नेपालमा कुनैपनि दुर्घटना गरेमा क्षतिपूर्तिमा समेत उत्तिकै समस्या रहेको छ,’ उनले भनिन् ।
उच्च भन्सार तिरेर सञ्चालनमा रहेका नेपाली नम्बर प्लेटका सवारी साधनहरूमा प्रत्यक्ष असर परिरहेको बताइन् । भारतीय सवारी साधनका कारण नेपाली यातायात व्यवसायीहरू दबाबमा परेका र आर्थिक रूपमा सङ्कटमा परेका छन् ।





