२ सय ७५ ग्राम लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ

मेराज सल्मानी

नेपालगन्ज । लागूऔषध विरुद्ध सञ्चालन गरिएको विशेष अपरेशन अन्तर्गत प्रहरीले २ सय ७५ ग्राम लागूऔषध (ब्राउनसुगर) सहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक रमेश बिष्टले गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाको खजुरा गाउँपालिका क्षेत्रमा रहेको एक घरमा खानतलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारेको र उक्त पदार्थ परीक्षण गर्दा २ सय ७५ ग्राम ब्राउनसुगर पुष्टि भएको बताए।

पक्राउ पर्ने व्यक्ति खजुरा गाउँपालिका–५ बस्ने २६ वर्षीय अजिजुल रहमान खान रहेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

प्रहरीका अनुसार बरामद लागूऔषधसँगै नगद रकम, मोबाइल फोन, कागजात लगायतका विभिन्न सामग्री पनि फेला परेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको र लागूऔषध नियन्त्रणमा प्रहरी सक्रिय रूपमा लागिरहेको जनाइएको छ।प्रहरीले लागूऔषध ओसारपसार तथा कारोबार विरुद्ध कडाइ जारी राख्ने चेतावनी दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button