प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगितामा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज । प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष बी लेभलमा बिजन ओली र जितेन्द्र पुनको जोडी पहिलो भएको छ ।

धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रको आयोजनामा भएको दुई दिने प्रतियोगिताको पुरुष सी लेभलमा दिपकराज बम र हिमाल बस्नेतको जोडी प्रथम भयाे । यु–१५ पुरुष एकलतर्फ आदित्य चौधरी कैलाली च्याम्पियन बने ।

प्रतियोगितामा पुरुष बी लेभलमा सनिउल्ला राइनी र राजेश साउदको जोडी उपविजेता बन्दा सी लेभलमा शिव शाह र सद्दाम शेष तथा यु–१५ पुरुष एकलतर्फ बिराट बस्नेत उपविजेता भए ।

पुरुष बी लेभलतर्फ पवन चौधरी र सन्दिप चौधरीको जोडी तथा अर्जुन बुढा र मुस्कान केसीको जोडी तृतीय भए । पुरुष सी लेभलतर्फ कुमार शान शाह, नरेश थापा, नरेश मल्ल र परशुनारायण चौधरीको जोडी तृतीय भए । यु–१५ पुरुष एकलतर्फ आशुतोष कशौधन र विपिन केसी तृतीय भए ।

विजेताहरुलाई नेपाल ब्याडमिन्टन संघका पूर्व केन्द्रीय अध्यक्ष रतनकुमार टण्डन, ब्याडमिन्टनका पूर्व प्रशिक्षक तथा खेलाडी श्रवनकुमार श्रेष्ठ, नेपालगन्ज वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजाल, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं ब्याडमिन्टन खेलाडी चक्र डम्बर पाल, मध्य पश्चिम क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द, बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सञ्जय थापा, नेपालगन्ज उपमहानगरपालिकाका योजना शाखा अधिकृत तथा वडा सचिव हिक्मतबहादुर माझी, ब्याडमिन्टनका वरिष्ठ राष्ट्रिय प्रशिक्षक जयन्त श्रेष्ठ, बाँके जिल्ला ब्याडमिन्टन संघका पूर्व अध्यक्ष रोहित टण्डन लगायतले पुरस्कृत गरे ।

वैशाख १९ र २० गते भएको प्रतियोगिता नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को सहकार्यमा नेपाल ब्याडमिन्टन संघ काठमाण्डौं र बाँके जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा आयोजना गरिएको हाे ।

वाटरपार्कस्थित धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रको कभर्ड हलमा सञ्चालन भएको प्रतियोगिता सफल बनाउन सहयोग सहकार्य गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा प्रतियोगितालाई अझ बृहत बनाउने आयोजक केन्द्रका अध्यक्ष जनार्दन रत्न मल्ल ठकुरीले बताए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button