नेपालगञ्जमा ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

मेराज सल्मानी
बाँके । लागू औषध नियन्त्रण ब्यूरो र वडा प्रहरी कार्यालय नेपालगञ्जको संयुक्त टोलीले विशेष सूचनाको आधारमा ब्राउन सुगरसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दिपक पातलीका अनुसार आज नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित चेकजाँचका क्रममा भारतको बहराइच जिल्ला बाबागञ्ज बस्ने ३२ वर्षीय मोहम्मद हामिद र सोही स्थानकी २२ वर्षीया सकिना देवी पथरकट्टा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट ६८ ग्राम ८१० मिलिग्राम खैरो हेरोइन (ब्राउन सुगर) बरामद गरिएको छ। शरीर तलासीका क्रममा मोहम्मद हामिदले लगाएको कालो पाइन्टको दाहिने खल्तीभित्र लुकाई राखेको अवस्थामा लागूऔषध फेला परेको हो।
यसका साथै प्रहरीले दुई थान मोबाइल फोन र भारतीय नम्बर प्लेट (युपी ४० बीएच ४७०८) को मोटरसाइकल समेत बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू संगठित रूपमा लागूऔषध कारोबारमा संलग्न रहेको आशंका गरिएको

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button