बोतल प्रहारबाट युवकको हत्या, अनुसन्धान सुरु

मेराज सल्मानी

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१२ बेलासपुरमा बोतल प्रहार बाट २२ वर्षीय विशाल चन्दको हत्या गरिएको छ।

उनी साथीको घरमा ब्रतबन्धको पार्टीमा गएको बेलामा चार-पाच जना युवाको समुहले टाउको र शरीरको विभिन्न भागमा बियरको बोतल प्रहार गरि गम्भीर घाइते बनाएका चन्दको हत्या गरिएको हो।

घटनाको वास्तविक कारण भने खुल्न सकेको छैन। सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाउँदै अनुसन्धान सुरु गरेको जनाएको छ।प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। परिवारजन तथा स्थानीयले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषी भए कडा कारबाही गर्न माग गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button