बिशालको हत्या आरोपमा ६ जना पक्राउ

मेराज सल्मानी

नेपालगञ्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले हिजो बेलासपुरमा एक युवक माथि बोतल र धरिलो हतियार प्रहार गरी हत्यामा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं सुचना अधिकारी डिएसपी दिपक पातलीले हिजो १२ गते बेलासपुर क्षेत्रमा आयोजित एक ब्रतबन्ध कार्यक्रममा सहभागी हुन आएका व्यक्तिहरूबीच सामान्य विवाद चर्किँदा घटना भएको हो।

राति सँगै बसेका समूहबीच भएको विवादले हिंसात्मक रूप लिँदा बोतल र धारिलो हतियार प्रयोग गरी आक्रमण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनामा गम्भीर घाइते भएका विशाल चन्द ठकुरीको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै अर्का घाइते योगेन्द्र कामी उपचारपछि डिस्चार्ज भएका छन्।

घटनामा संलग्नहरू भाग्ने क्रममा रहेका बेला प्रहरीले विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दिपेन्द्र राज गिरी, विवेक कुँवर, सुशील खत्री, खेमेन्द्र देवकोटा, सन्तोष सञ्ज्याल र रुपेश थापा रहेका छन्।

प्रहरीले घटनास्थलबाट १ थान चक्कु, र सु.प.प्र.०१-०१४-पा.१५२६ नम्बरको मोटरसाइकल (NS 200) तथा बियरका बोतलहरू बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button