नेपालगन्जमा प्रथम मेयर सांस्कृतिक कप हुँदै

नेपालगन्ज । बाँके कला केन्द्रले नेपालगञ्जमा प्रथम मेयर साँस्कृतिक कप गर्र्दैछ । नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा अन्तर माध्यमिक विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता गर्न लागिएको हो ।

सुनाखरी रेष्टुरेन्ट एण्ड पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा प्रथमलाई ५१ ह्जार , द्वितीयलाई ३१ ह्जार र तृतीय पुरस्कार विजेतालाई २१ हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।

नेपालगन्जको सांस्कृतिक क्षेत्रलाई प्रोत्साहन गर्ने र स्थानीय कलाकारहरूलाई प्लेटफर्म उपलब्ध गराउने अपेक्षासहित कार्यक्रमको तयारी गरिएको आज आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । वितरित प्रेस नोटका अनुसार कार्यक्रमका लागि तिन लाख ३० हजार रुपैयाँ कुल बजेट खर्च अनुमान गरिएको छ ।

कार्यक्रम संयोजक बिरेन्द्र यादवले स्थानीय सांस्कृतिक पक्षलाई प्राथमिकता दिएर कार्यक्रमलाई भव्य र प्रभावकारी बनाइने तयारी गरिएको जानकारी दिनु भयो । नेपालगन्जमा बसेर कलाकारितामा विशेष योगदान दिने एक जना वरिष्ठ तथा अग्रज कलाकारलाई विशेष सम्मानसहित नगद हजार रुपैयाँ पुरस्कार दिइने छ ।

सामुदायिक विद्यालयहरुका लागि दुई हजार पाच सय तथा संस्थागत विद्यालयका लागि तिन हजार पाच सय कार्यक्रम दर्ता शुल्क तय गरिएको बाँके कला केन्द्रका अध्यक्ष सुन्दर गुरुङले जानकारी दिनु भयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button