अवैध भारतीय रुपैयाँसहित दुईजना पक्राउ

मेराज सल्मानी

नेपालगञ्ज। बाँके प्रहरीले अवैध भारतीय नोट (रुपैयाँ) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मिति २०८३ वैशाख २५ गते नेपालगञ्ज उपमहानगरपालिका–३ एकलैनी बाट बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ५ बस्ने २९ वर्षीय बिरबल कुम्हार र वडा नं. ४ बस्ने ३८ वर्षीय मुनिव खाँलाई पक्राउ गरिएको हो।

उनीहरूको साथबाट रु. ६ लाख बराबरको अवैध भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर, बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button