नेपालगञ्जमा ब्राउन सुगरसहित एक युवक पक्राउ

मेराज सल्मानी
नेपालगञ्ज। प्रहरीले लागू औषध ब्राउन सुगरसहित एक युवक लाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँके का अनुसार नेपालगञ्ज उपमहानगरपालिका–४ स्थित वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ बस्ने २२ वर्षीय उपेन्द्र थापालाई पक्राउ गरेको हो।

प्रहरीले शंकास्पद अवस्थामा फेला परेका थापाको साथबाट २ ग्राम ६७० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ बरामद गरेको जनाएको छ।

पक्राउ परेका थापामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button