आइसा मदरसातुन बनात अगाडिबाट मोटरसाइकल चोरी

नेपालगन्ज । आइडीयल पब्लिक माध्यमिक विद्यालय नेपालगन्जका प्रधानाध्यापक विरेन्द्र नर्सिङ श्रीवास्तवको मोटरसाइकल चोरी भएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ जडीबुटी कार्यालय पछाडि रहेको आइसा मदरसातुन बनात बालिका माध्यमिक विद्यालयबाट भे२ प ६१७२ नम्बरको मोटर साइकल चोरी भएको हो ।

आइसा मदरसातुल बनात एसईई उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान तथा विदाई कार्यक्रममा सहभागी हुन आएका बेला प्रधानाध्यापक श्रीवास्तवको सो मोटरसाइकल चोरी भएको जानकारी दिनुभयो ।

मोटरसाइकल चोरी बारे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जिसी र वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुखलाई समेत जानकारी गराइएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button