एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने आइसा मदरसाका विद्यार्थीलाई सम्मान तथा बिदाई

साहिल शेष, नेपालगन्ज ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सम्मिलित भइ उत्कृष्ट नतिजा ल्याउने छात्रालाई सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत वडा नम्बर ५ मा रहेका आइसा मदरसातुल बनात बालिका माध्यमिक विद्यालयले एसईई परिक्षामा २२ जना उत्कृष्ट नतिजा ल्याउने छात्रालाई सम्मान तथा विदाई गरेको हो ।मदरसा बोर्डका उपाध्यक्ष नकी खानको प्रमुख अतिथित्व तथा मदरसाका अध्यक्ष बदरे आलम खानको सभापतित्वमा भएको कार्यक्रममा एसईईमा सम्मिलित भइ उत्कृष्ट नतिजा ल्याउने छात्राहरुलाई खादा लगाएर सम्मान तथा विदाई गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मरदरसा बोर्ड लुम्बिनी प्रदेशका उपाध्यक्ष नकी खानले गाउँ घरमा पढाइको सिलसिलामा छोरी भन्दा छोरालाइ पढाउने गरेको जिकिर गरे । पढाए भने छोरालाई निजि विद्यालय र छोरीलाई छोरीलाई सरकारी विद्यालय अथवा मदरसामा पड्न पठाउने गरेका हुन् । मधेसी र मुस्लिम समुदायमा छोरा भन्दापनि छोरीहरुलाई पढाउन सोच नगएको उनले बताए । खाँले अधेसी र मुस्लिम समुदायमा छोरालाई मात्र नभइ छोरीलाई पनि विद्यालय पढ्न पठाउनु पर्छ सम्पूर्ण अभिभावकलाई आग्रह गरे । साथै एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई दिदै आगामी दिनहरु अझै बढी मेहनत गर्नुपर्ने ” उनले” बताए ।कार्यक्रममा बधाई ज्ञापन गर्दै मदरसाका अध्यक्ष बदरे आलम खानले जिल्लाबाट मदरसा पनि उत्कृष्ट नतिजा ल्याउन सक्षम रहेको बताउनुभयो । खाँले महंगो शिक्षाका लागि बाहिर नधाउन र संस्कार सहितको शिक्षा लिन यो मदरसामा आउन सबैलाई आग्रह गर्नुभयो । उहाँले एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्राहरुलाई आगामी शैक्षिक  सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

सम्मान कार्यक्रममा आइडियल पब्लिक हाई स्कुलका प्रधानाध्यापक विरेन्द्र नरसिंह श्रीवास्तवले अध्ययनलाई फलदायी बनाउन निरन्तर अध्ययन र लगनशिलता विद्यार्थीमा  हुनुपर्ने गुण आवश्यकता रहेको बताए । श्रीवास्तवले एसईईमा उत्कृष्ट नतिजा ल्याउने छात्रालाई उच्च शिक्षा अध्ययनमा प्रवेश गरेकोमा शैक्षिक सफलताको शुभकामना व्यक्त गरे।बाँके जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२  मा  सहभागी ६ हजार ६६ विद्यार्थी उत्तीर्ण भएका छन् भने १ हजार ९ सय १६ विद्यार्थीको नतिजा ‘एनजी’ आएको  शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय नेपालगञ्जका प्रमुख धनसुधन चौलागाईंए बताए ।

यसैबीच बाँकेकै प्रतिष्ठित आइसा मदरसाले एसईई उत्तीर्ण क्यारियर प्रामर्श कार्यक्रम पनि सम्पन्न गरेको छ । शिक्षक जिनत हलवाईले सञ्चालन गरेको कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष सराफत अली शेष, आइसा मदरसाका उपाध्यक्ष मो. आलमीन राई, प्रधानाध्यापक कस्फुद्दुजा खान, मदरसा बोर्ड लुम्बिनी प्रदेश सदस्य सगीर अहमद खान, आइडियल पब्लिक हाई स्कुलका पुर्व प्रधानाध्यापक एवं नेता अतहर हुसैन फारूकी, मदरसाका इन्चार्ज शिक्षक जीनत इद्रीसी, कम्प्युटर शिक्षक सकील अहमद राई, शिक्षक, कर्मचारी तथा विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button