युनियन बाँकेको सदस्यता अभियान

नेपालगन्ज । नेपाल प्रेस युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम केसीले प्रेस युनियन क्रियाशील पत्रकारहरुको संगठनका रुपमा परिचित रहेकाले व्यवसायिक र क्रियाशील पत्रकारहरुलाई मात्रै सदस्य बनाउन निर्देशन दिनुभएको छ । नेपाल प्रेस युनियन बाँके शाखाले केन्द्रीय कार्यक्रम अन्तर्गत सुरु गरेको १०० दिने अभियानको शुक्रबार नेपालगन्जमा सुभारम्भ गर्दै वरिष्ठ उपाध्यक्ष केसीले युनियनलाई भर्ति केन्द्र नबनाउन निर्देशन दिनुभएको हो ।

‘सञ्चार क्षेत्रमा काम गर्ने र पत्रकारकै पहिचान बनाएका साथीहरुलाई सदस्यता दिने सवालमा पूर्वाग्रही नहुनुहोस्, उहाँले भन्नुभयो–‘तर आफ्नो स्वार्थ सिद्दका लागि सदस्य बन्नेहरुलाई रोक्नुहोस् त्यस्ता सदस्यहरुको नवीकरण समेत नगरिदिए पनि हुन्छ ।’ यस्तै नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरीले प्रेस युनियन अरु संगठन भन्दा पुरानो र अग्रणीय संगठन भएकाले यसमा आवद्ध हुनेहरु पनि पत्रकार भएकै हुनुपर्ने बताउनुभयो । उहाँले शुद्धिकरण अभियानलाई प्रभावकारी गराउन पनि निर्देशन दिनुभयो ।

‘गत वर्षबाटै हामीले बाँकेमा शुद्धिकरण अभियान सुरु गरिसकेका छौं, उहाँले भन्नुभयो,–‘शुद्धिकरणलाई बदनाम गर्ने प्रयास गरियो । तर मर्यादित पत्रकारिताका लागि शुद्धिकरण आवश्यक छ ।’ नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइँले युनियनको सदस्यता अभियानले संगठनप्रति आस्था राख्नेहरुलाई उत्साहित गर्ने बताउनुभयो ।

प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियन लुम्बिनी प्रदेश सदस्य गौरव गिरी, बाँके शाखाका निवर्तमान अध्यक्ष अर्जुन वली, अग्रज नेता नीरज कुमार गौतमलगायतको उपस्थिति रहेको थियो । सचिव भिष्म लोधले सञ्चालन गरेको उक्त कार्यक्रमको स्वागत भने उपाध्यक्ष कमल खत्रीले गर्नुभएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button