जानकी ३ का ४० कर्मचारी सम्मानित

बाँके । जानकी गाउँपालिका वडा नं. ३ अन्तर्गत रहेका कर्मचारीहरुसंगको अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
जानकी गाउँपालिका वडा नं. ३ अन्तर्गत रहेका निजामति कर्मचारी, स्वास्थ्यकर्मी र महिला स्वयंसेविकाहरुलाई वडा कार्यालयले सम्मान गरेको हो । जानकी गाउँपालिका वडा नं. ३ को आर्थिक सहयोगमा आयोजना गरिएको अन्तरक्रिया तथा सम्मान कार्यक्रमबाट वडामा कार्यरत ४० जना कर्मचारीहरु सम्मानित भएका छन् ।


वडाका जनप्रतिनिधी, कर्मचारी र सामाजिक अगुवाहरुको सहभागितामा आयोजना भएको अन्तरक्रिया कार्यक्रम पश्चात जानकी ३ का वडाध्यक्ष राज कुमार बर्माले कर्मचारीहरुलाई सम्मान स्वरुप आफिसियल ब्याग र प्रमाण पत्रबाट सम्मान गर्नु भएको छ ।
समृद्धि फाउण्डेशन नेपाल बाँकेले आयोजना गरेको सम्मान कार्यक्रममा वडामा कार्यरत कर्मचारी अनिता श्रेष्ठले जनप्रतिनिधी मार्फत हुने सम्मानले हौसला बढ्नुका साथै हामीलाई झन जिम्मेवारी बोध भएको बताउनु भयो ।


वडाध्यक्ष बर्माको प्रमुख आतिथ्यमा आयोजना गरिएको सम्मान कार्यक्रममा स्वास्थ्यकर्मीको तर्फबाट उषा विष्छ र महिला स्वयंसेविकाहरुको तर्फबाट प्रेमा कुमारी पासी र सन्ध्या धिमालले आ–आफ्नाे धारणा राख्नु भएको थियो । कार्यक्रम धारणा राख्ने कर्मचारीले अन्य वडा कार्यालयहरुले यस प्रकारको सम्मान कार्यक्रम नगरेपनि हाम्रो वडामा हामी सम्मानित हुन पाउँदा गौरव अनुभूति भएको बताएका थिए ।


समृद्धि फाउण्डेशन नेपाल बाँकेका अध्यक्ष महेश कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव चिरञ्जीवी बुढाले गर्नु भएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button