नेपालगञ्ज १८ मा तीव्र रुपमा विकास हुँदै
पुराना बस्तीहरुमा सडक र नाला निर्माण धमाधम हुँदै

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष दीपक वर्माले विकास निर्माणलाई तीव्रता दिँदै पुराना बस्तीहरूमा सडक तथा नाला निर्माण कार्यमा सुर्खेत रोड एस के पम्प पछाडी र हाल यातायात कार्यालयको रहेको पुर्ब पट्टीको टोलमा आज वडा अध्यक्ष बर्माले सडक शिलान्यास गर्नु भएको छ अगाडि बढाउनुभएको छ।उक्त टोलमा रु ३५ लाखको लागतमा ३०० मिटर आर सी सी नाला स्तरोन्नतिको निर्माण कार्य हुनेछ !
वर्षौंदेखि विवादका कारण रोकिएको उक्त सडक निर्माण कार्यलाई वडाध्यक्ष वर्मा स्वयं दुई–तीन दिनसम्म वडा कार्यालयको टीम सहित खटिएर स्थानीयबीचको विवाद समाधान गर्दै अगाडि बढाउन सफल हुनुभएको हो। यसअघि विभिन्न समयमा बजेट विनियोजन भए पनि विवादकै कारण निर्माण कार्य हुन सकेको थिएन। अहिले सडक निर्माण सुरु भएपछि स्थानीय बासिन्दा अत्यन्त खुसी भएका छन्।

त्यसैगरी, यसै साता वडा वडा अध्यक्ष बर्माले शिलान्यास गरि नेपालगन्ज–१८ को नागरिक टोलमा पनि रु २५ लाखको लागतमा ४३५ मिटर पीसीसी सडक निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ। गत आर्थिक वर्षमा उक्त क्षेत्रमा आरसिसी नाला निर्माण सम्पन्न भएको थियो भने यस वर्ष वडाध्यक्ष वर्माले बजेट व्यवस्थापन गरी सडक निर्माणलाई अगाडि बढाउनुभएको हो।
पुराना बस्तीहरूमा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै वडा नं. १८ मा सडक, नाला तथा अन्य विकास निर्माणका कार्यहरू निरन्तर रूपमा अगाडि बढिरहेका छन्।





