लिपुलेकलाई व्यापारिक मार्ग सहमतिका सम्बन्धमा चीनका राष्ट्रपति सीसँग प्रधानन्त्री ओलीको आपत्ति

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति रहेको स्पष्ट पारेका छन् ।
भारत र चीनबिच लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमतिका सम्बन्धमा चीनका राष्ट्रपति सीसँग प्रधानन्त्री ओलीले स्पष्ट रुपमा आपत्ति जनाएको परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले जानकारी दिएका हुन ।
चीनका राष्ट्रपति सी चीनफिडसँग सौहार्दपूर्ण र द्विपक्षीय भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको छ ।
सन् १८१६ को सुगौली सन्धि बमोजिम महाकालीपूर्वका सबै भूभागहरु सार्वभौम मुलुक नेपालका भएको स्पष्ट रहेको र यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने विश्वास नेपालले लिएको प्रधानमन्त्री ओली सो भेटमा जनाएका छन् ।





