मोटरसाइकलको ठक्करबाट बालकको मृत्युपछि सडक अवरुद्ध
बाँके । जानकी गाउँपालिकाको वडा नम्बर ४ नहर चोकमा स्थानीयले टायर बालेर सडक अवरुद्ध गरेका छन । नेपालगञ्ज–खजुरा सडकखण्ड अन्तर्गत खजुरा खुर्दमा शनिबार राती मोटरसाइकलको ठक्करबाट ६ वर्षीय बालकको ज्यान गएपछि सडक अवरुद्ध गरेका हुन ।
गएराती मोटरसाइकलले ६ वर्षीय बालकलाई ठक्कर दिंदा उपचारको क्रममा मृत्यु भएको स्थानीयले बताए । तीब्र गतिमा आएको मोटरसाइकल बालकलाई ठक्कर दिएर फरार भएपछि मृतकका आफन्तजन र स्थानीयवासीहरूले आक्रोशित भएका छन ।
दुर्घटनापछि फरार रहेका मोटरसाइकलको खोजतलास गरि कारवाही गर्न स्थानीयवासीहरूले माँग गरेका हुन । मृतकका आफन्त, स्थानीयवासी र प्रहरीबिच सहमति पछि अवरुद्ध सडक खोलिएको वडा नम्बर ४का वडा अध्यक्ष रमेश कुमार वर्माले जानकारी दिए । उक्त फरार रहेका मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।





