प्रहरीको गोलीबाट एक घाइते

बाँके । जनकपुरमा हिन्दु समुदाय र प्रहरीसँग भएको झडपमा प्रहरीले गोली चलाएको छ । आइतबार हिन्दु समुदाय र प्रहरीबीच भएको झडपमा गोली लागेर एकजना घाइते भएका छन् ।

प्रहरीसँगको झडपमा देवपुरा रुपैठाका २९ वर्षीय लक्ष्मण मुखियाको दुवै घुँडामा गोली लागेर घाइते भएका हुन । प्रहरीका अनुसार घाइते मुखिया प्रादेशिक अस्पताल जनकपुरमा उपचारार्थ छन ।

झडपमा सातजना प्रहरी र केही सर्वसाधारण घाइते भएका छन् । घाइते प्रहरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठामा हिजो झण्डाचोकमा रहेको टावरलाईट जडान भएको पोलमा इस्लाम धर्मको पैगम्बर हजरत मोहम्मद (सल.)को शुभजन्मोत्सवको उपलक्ष्यमा लगाएको हरियो झण्डा हटाउने क्रममा दुई समुदायबीच झडप भएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button