मोहम्मद डे को अवसरमा जानकीमा सार्वजनिक विदा

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले मोहम्मद डे को अवसरमा सार्वजनिक विदा दिन निर्णय गरेको छ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्ललाहु अलैही व-सल्लमको शुभ जन्मोत्सवको अवसरमा शुक्रबार सार्वजनिक विदा दिएको हो ।

बुधबार गाउँपालिका एक विज्ञप्ति जारी गर्दै भदौ २० गते हजरत मोहम्मद सल्ललाहु अलैही व-सल्लम्को शुभ जन्मोत्सव परेकोले जानकी गाउँपालिका मातहतका कार्यालयहरुमा शुक्रबार दिन सार्वजनिक विदा दिएका हुन ।

यसैगरी उक्त दिन स्वास्थ्य सेवातर्फको अत्यावश्यक सेवा बाहेक गाउँपालिका अन्तर्गतका वडा कार्यालय तथा शैक्षिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिइएको सूचनामा भनिएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button