गृहमन्त्री लेखकले पदबाट राजीनामा दिए

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठककै क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्।

जेनजीले साेमवार काठमाडौंसहित देशभर गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएको छ । जेनजी पुस्ताको प्रदर्शनमा कम्तीमा १९ जनाको ज्यान गएपछि राजीनामा दिन गृहमन्त्री रमेश लेखकमाथि चर्को दबाब बढेको थियो। पार्टीबाहिर मात्र नभई पार्टीभित्रैबाट पनि राजीनामाको दबाब आएपछि अन्ततस् उनी पद त्याग गर्न तयार भएका थिए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साेमबार आकस्मिक रूपमा पदाधिकारीको बैठक बोलाएका थिए। जहाँ गृहमन्त्री लेखकसमेत सहभागी थिए । बैठकका एक सहभागीका अनुसार लेखकले दिनभरका घटनक्रमबारे बैठकलाई जानकारी गराएका थिए।

बैठकमा सहभागी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पूर्वगृहमन्त्रीसमेत रहेका पूर्वमहामन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले जेनजीले सोमबार गरेको प्रदर्शन सर्वसाधारणको मृत्य तथा घाइते प्रति नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन गृहमन्त्री लेखकलाई सुझाव दिएका थिए । (दैनिक नेपालबाट)

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button