काठमाडौं विमानस्थलमा यात्रुको चाप

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएसँगै यात्रुहरुको चाप अत्यधिक रुपमा बढेको छ ।
जेनजी आन्दोलनको कारण सुरक्षा खतरा बढेपछि बन्द गरिएको विमानस्थल २४ घण्टापछि सुचारु भएसँगै यात्रुहरुको चाप बढेको हो ।
हिजो बुधवार साँझ ५ बजेदेखि नै विमानस्थल सुचारु भएको थियो । त्यसयता हवाइ उडान भर्ने यात्रुहरुको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनल तर्फ भीड बढेको हो ।
साथै सडक मार्ग बन्द भएका कारण आन्तरिक टर्मिनल तर्फ हवाई यात्रुको चाप बढेको विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रिय तर्फ पनि यात्रुको चाप बढेको छ । केही यात्रु भने अलपत्र परेका छन् ।





