नेपालगन्जमा आन्दोलनको आडमा आगजनी र लुटपाटमा संलग्न दुईजना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यहि भदौं २४ गते जेनजी आन्दोलनको आडमा नेपालगन्जस्थित सरकारी कार्यालयमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न दुई जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालगगन्ज उपमहानगरपालिका, आन्तरिक राजश्व कार्यालय लगायत विभिन्न सरकारी कार्यालय र सवारीसाधनमा आगजनी, तोडफोड तथा लुटपाट गरेको आरोपमा नेपालगन्ज जयसपुरका शालिकराम पाठक र दीपक टमाटालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।

पाठक र टमाटालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक पातलीले बताउनुभयो । आन्दोलनको आडमा आगजनी, लुटपाट र तोडफोडमा संलग्न अन्य व्यक्तिहरुको पनि पहिचान गरेर पक्राउ गरिने डिएसपी पातलीले बताए ।

‘उनले अहिलेसम्म दुईजना पक्राउ परिसकेका छन्, भने अन्य ब्यक्तिलाई पनि पहिचान गरेर पक्राउ गर्नेछौं’। आन्दोलनको आडमा नेपालगन्ज र कोहलपुरमा सरकारी तथा व्यक्तिगत संरचनामा आगजनी, तोडफोड र लुटपाट गरिएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button