अर्यालले कमाण्ड सम्हालेको भोलिपल्टै ४८ एसपीको सरुवा
बाँकेको प्रहरी प्रमुखमा अंगूर जीसी
काठमाण्डौं । नयाँ सरकार बनेसँगै नेपाल प्रहरीमा ठूलो स्तरको सरुवा भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गर्दै विभिन्न जिल्लामा प्रमुख परिवर्तन गरेको हो।
सरुवा सूचीनुसार बाँके जिल्लाको प्रहरी प्रमुखमा एसपी अंगूर जीसीलाई जिम्मेवारी तोकिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा प्रक्रिया योग्यता, अनुभव र क्षमताका आधारमा गरिएको हो।
नयाँ सरुवा भएपछि धेरै जिल्लामा प्रहरी प्रशासनिक नेतृत्व फेरिएको छ। सुरक्षा परिस्थितिलाई प्रभावकारी बनाउने उद्देश्यले गरिएको सरुवाले स्थानीय स्तरमा नयाँ कार्यशैली र प्राथमिकता ल्याउने अपेक्षा गरिएको छ।
हिजै (मंगलबार) गरिएको सरुवाको सूची केहीबेरअघि मात्र सार्वजनिक गरिएको हो ।
को कहाँ पुगे





