कोहलपुर प्रहरीको नेतृत्व गर्न डिएसपी डम्बरपाल आउँदै
मेराज सलमानी

नेपालगंज । बाँके जिल्लाको इलाका प्रहरी कार्यालय कोहलपुरमा नेतृत्व परिवर्तन भएको छ । स्राेतका अनुसार सुरक्षा कमान्ड फितलो भएको मूल्यांकनसहित हाल कार्यरत डीएसपी लक्ष्मी खनालको सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको निर्णयबाट देशभर एकैपटक प्रहरीका ९० जना डीएसपीको सुरुवा गरेकाे हाे ।
उनको स्थानमा जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत प्रहरी नायब उपरिक्षक चक्र बहादुर डम्बरपाललाई पठाईको छ । सुरक्षा व्यवस्थामा सुधार ल्याउने उद्देश्यले गरिएको सरुवाले कोहलपुर क्षेत्रमा प्रहरीको उपस्थितिलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।
सुरक्षा चुनौती बढिरहेका बेला भएको यो परिवर्तनले स्थानीय स्तरमा कानून–व्यवस्था प्रभावकारी बनाउन मद्दत गर्ने छ ।





