शनिबार पब्लिक स्पिच नेपाल दोश्रो संस्करणको फाईनल हुने

पब्लिक स्पिच नेपालको सम्पुर्ण तयारी पुरा

काठमाण्डौं । पब्लिक स्पिच नेपाल दोश्रो संस्करणको फाईनल शनिबार हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने पब्लिक स्पिच नेपालको सम्पुर्ण तयारी पुरा भएको आयोजक संस्था बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिनुभयो ।

बास नेपालको आयोजनामा गत भाद्र २० गते पब्लिक स्पिच नेपालको दोश्रो संस्करणको सेमिफाईनल राउण्ड सम्पन्न भएको थियो । सेमिफाईनल राउण्डबाट छानिएका २२ जना प्रतियोगिहरु फाइनल राउण्डको प्रतिस्पर्धामा सहभागी हुँदै छन् ।

सेमिफाईनल राउण्डबाट छानिएका आर्शिया रोका, आदेश काफ्ले, आश्मी लोहनी, धोज बहादुर पुलामी मगर, दिक्षा भण्डारी, दिपक परियार, दिपक रावत, इसा थापा, काजल परियार, कोविद बुढाथोकी, मेलिसा कार्की, प्रथाना अधिकारी, प्रिन्स यादव, सविना खतिवडा, सफलता थापा, श्रेया बुढाक्षेत्री, सिवानी राउत, सुशान श्रेष्ठ, सुशिला धमाला, टोरेशा भण्डारी, उमा कार्की र युवराज शाही फाईनल राउण्डमा प्रतिस्पर्धा गर्दै छन् ।

नेपाल सरकारका पूर्वसचिव तथा राष्ट्रिय सूचना आयोगका पुर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा संयोजक रहेको निर्णायक समितिमा उत्प्रेरक व्यक्तिव डा. तारा बहादुर गिरी (तारा जीं) र सञ्चारकर्मी बबिता बस्नेत रहेका छन् ।

फाईनलबाट पब्लिक स्पिच नेपालमा प्रथम स्थान प्राप्त गर्ने प्रतियोगीले नगद ५० हजार, द्धितीय स्थान प्राप्त गर्नेले ३० हजार र तृतिय स्थान प्राप्त गर्ने प्रतियोगिताले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने ई-सेवाका माध्यमबाट सर्वोत्कृष्ठ मत प्राप्त गर्ने एकजना प्रतियोगिले २० हजारको पुरस्कार प्राप्त गर्नेछन् ।

युवाहरुको वक्तृत्वकला क्षमता अभिबृद्धी गर्ने, युवाहरुको वाक क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने, सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहीत गर्ने लगायतका उद्देश्य राख्दै बास नेपालले अघिल्लो वर्षदेखि राष्ट्रब्यापी रुपमा यो प्रतियोगिता गर्दै आएको छ । कार्यक्रम काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button