नेपाली टीम वेस्ट इन्डिजसँग टी-२० शृंखला खेल्न यूएई जादै

पहिलो खेल यूएईको शारजाह क्रिकेट स्टेडियममा २७ सेप्टेम्बरमा हुने

काठमाडौं । नेपाली क्रिकेट टोली वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२० शृंखला खेल्न यूएई प्रस्थान गर्दैछ । यूएईको शारजाह क्रिकेट स्टेडियममा आउँदो २७ देखि ३० सेप्टेम्बरसम्म तीन खेलको टी-२०आई शृंखला हुनेछ ।

शृंखलाका लागि दुवैले अन्तिम टोली घोषणा गरिसकेका छन् । नेपालले अघिल्लोपटकबाट ३ परिवर्तन गर्दै टोली घोषणा गरेको छ भने वेस्ट इन्डिजले अधिकांश सिनियर खेलाडीलाई आराम दिएर युवा खेलाडीलाई पनि समेटेको छ ।

विशेषगरी आसन्न टी-२० विश्वकप छनोटको रिजनल फाइनलका लागि यस शृंखला निकै अर्थपूर्ण रूपमा हेरिएको छ । छनोटमा सहभागी हुनुअघि नेपालको यो अन्तिम तयारी हुनेछ ।

यस शृंखला नै नेपालको लागि ऐतिहासिक शृंखलाको रूपमा छ । नेपालले पहिलोपटक कुनै पूर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको हो ।

यसो हुँदा यसका अलावा नेपाललाई यस शृंखलामा अर्को इतिहास बनाउने अवसर पनि छ । नेपालले हालसम्म आईसीसीको पूर्ण सदस्यलाई टी-२०आईमा हराउन सकेको छैन । (अनलाइन खबरबाट)

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button