सलमानकाे सैन्य पोसाकमा तस्बिर भाइरल

बलिउड अभिनेता सलमान खान हाल फिल्म ‘ब्याटल अफ गलवान’को छायांकनमा व्यस्त छन्। यसैबीच उनका केही तस्बिर लद्दाखबाट बाहिरएका छन्, जसमा उनी सैन्य पोसाकमा एकदमै फिट र बलियो देखिएका छन्। सामाजिक सञ्जालमा भाइरल उनका तस्बिर फ्यानहरूले मन पराइरहेका छन्। उनको लुक्सको प्रशंसा गरिरहेका छन्।

फिल्ममा सलमान खान २०२० को गलवान उपत्यकाको झडपमा सहिद भएका कर्नेल बी सन्तोष बाबुको भूमिकामा छन्।

लद्दाखमा छायांकनका क्रममा उनले धेरै सैनिकसँग समय बिताए र तस्बिर खिचे जुन अहिले सार्वजनिक भएका हुन्।

जुँगामा ट्विस्ट र फिट शरीरका साथ सलमान ठ्याक्कै सैनिकजस्तै देखिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button