नेपालगन्जमा शारदीय नवरात्रीको दुर्गा पुजा सुरु

महेश चौधरी

नेपालगन्ज । यस वर्ष शारदीय नवरात्रीको दुर्गा पुजा (दुर्गोत्सव) सोमवारदेखि सुरुवात भएको छ । यस अवसरमा बाँकेको नेपालगन्जमा पनि विभिन्न शक्तिपीठहरुमा दुर्गाको मुर्ति स्थापना गरि पुजाअर्चना शुरु गरिएको हो । धार्मिक मान्यता अनुसार नवरात्रीमा देवी दुर्गाका नौ रूपहरूको नौ दिनसम्म पूजा गर्ने गरिन्छ ।
मंगलवार पहिलो दिन कलश स्थापना गरेर देवीको आह्वान गरे पश्चात देवी दुर्गाको पहिलो स्वरूप शैलपुत्रीको पूजा अर्चना गरि सम्पन्न भएको हो । धार्मिक मान्यता अनुसार शैलपुत्रीलाई हिमालयकी छोरी मानिन्छ ।


धार्मिक गुरुहरुका अनुसार यस वर्ष शारदीय नवरात्री ९ दिनको नभई १० दिनसम्म चल्नेछ । यस वर्ष महानवमी असोज १५ गते बुधवार र विजयादशमी असोज १६ गते विहीवारका दिन मनाइनेछ ।
वार्षिक रुपमा हिन्दू देवी दुर्गालाई श्रद्धा अर्पण गर्न र महिषासुरमाथि दुर्गाको विजयको कारणले नवरात्री मनाइने गरिन्छ । १० दिनसम्म चल्ने पुजा गर्ने गरिए पनि पूजाको अन्तिम ६ दिन फूलपाती, षष्ठी, महासप्तमी, महाअष्टमी, महानवमी र विजयदशमी विशेष हुन्छ । दुर्गा पूजा मनाइने तिथि पारम्परिक हिन्दू पञ्चाङ्ग अनुसार निर्धारण गरिन्छ ।


धार्मिक मान्यता र शास्त्र अनुसार नवरात्रीको नौ दिनसम्म दाह्री काट्ने, नङ काट्ने र कपाल काट्ने काम अशुभ मानिनुका साथै कलश स्थापना गरेपछि र अनन्त ज्वाला प्रज्वलित गरेपछि, घर कहिल्यै पनि खाली वा सुनसान छोड्न नहुने समेत मान्यता रहेको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button